काठमाडौँ। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेदराज दाहाल (सिन्धुली) लाई मनोनीत गर्ने निर्णय गरेको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् छैठौँ संशोधन नियमावली २०८३ लाई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरषद बैठकले गरेको छ।






































