वि.सं.२०८३ साउन १३ बुधवार

खजुरा क्यान्सर अस्पतालमा बिग्रेर थन्काइएका ४४ उपकरण आविस्कार केन्द्रबाट मर्मतपछि सञ्चालनमा

khanepani

रूपन्देही । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा उपकरणहरु मर्मतपछि संचालनमा आएका छन् ।

राष्ट्रिय आविस्कार केन्द्रका प्राविधिकहरुले ती उपकरणहरु मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।

बिग्रिएर थन्क्याइएका उपकरणहरु मरमतपछि सञ्चालनमा आएको आविस्कार केन्द्रका संस्थापक एवम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिएका छन् उनले सामाजिक सञ्जालमार्फत क्यान्सर अस्पतालको बिग्रेर काम नगरेको ६० वटा मेडिकल उपकरणहरुमध्ये ४४ वटा उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रको टीमले मर्मत गरेर काम गर्ने बनाएको उल्लेख गरेका छन् ।

उनले अस्पताल प्रमुख डा. निरज भट्टराईले अनुरोध गरेपछि मर्मतको काम गरिएको पनि जनाएका छन् ।

मन्त्री पुनले कोरोना माहामारीदेखि नै आविस्कार केन्द्रले मेडिकल उपकरण मरमतको काम गर्दै आएको पनि उल्लेख गरेका छन् ।

अस्पतालमा अत्यावश्यक उपकरणहरु बिग्रेर सेवामा समेत असर परेको पाइएपछि दोस्रो पटक अस्पतालको कार्यकारी निर्देशक बनेर फर्केलगत्तै डा. भट्टराईले मरमतका लागि आविस्कार केन्द्रलाई आग्रह गरेको जनाएका थिए । उनले आफ्नो दोस्रो कार्यकालको पहिलो १० दिनमा नै आविस्कार केन्द्रसँग उपकरण मरमतका लागि सम्झौता गरेका थिए ।

केन्द्रले मरमत गरेको उपकरणहरुमा Syringe Pump 8, Patient Monitor 1, Compound Microscope 3, ECG Machine 4, Patient Bed 4, Infusion Pump 4, Ventilator 3, Nebulizer 3, Centrifuge 1, Biosafety Cabinet 1, BiPAP Machine 1, X-Ray Machine 2, Dry Bath Incubator 1 रहेका छन् ।

त्यसैगरी आविस्कार केन्द्रका प्राविधिकरुले अस्पतालको Endoscopy Tower 1, Microtome 1, Patient Monitor (Standard) 1, Portable USG Machine 1, Surgical Microscope 1, Ultrasound Machine 1, X-Ray View Box 1 पनि मर्मत गरेर संचालनमा ल्याएका छन् ।

यहाँ बिग्रेर थन्काइएका ६० मध्ये ४४ मेशिन मरमत गरिएको हो । यी मेशिनहरू नबन्दा लामो समयदेखि यहाँको सेवा प्रभावित भएको थियो ।

ranechhap