वि.सं.२०८३ साउन १३ बुधवार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए।

उपचारपछि आफू घर फर्किएको जानकारी गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘म उपचार गरेर फर्केको छु। उपचारमा संलग्न र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार’

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको भित्री कानमा हुने एक सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको थियो।

स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्टहरू सामान्य रहेका सचिवालयले जनाएको छ।

ranechhap