29, May, 2024

घट्यो अमेरिकी र अष्ट्रेलियन डलरको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार ११:२६ | २ महिना अगाडी

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलरको मूल्य घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो। अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ २९ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६८ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७३ पैसा तोकिएको थियो।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २८ पैसा तोकिएको छ। त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रूपैयाँ पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २० पैसा र बिक्रीमा ४३२ रूपैयाँ १५ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको छ।

२२ फाल्गुन २०८०, मंगलवार ११:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading