काठमाडौं । नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले न्यायालयको स्वतन्त्रताको विषयमा चासो व्यक्त गरेका अन्तर्राष्ट्रिय संस्था कानुन, न्याय तथा मानव अधिकार समितिले बोलाउनु नेपालको संविधान र संसदको नियमावलीको मर्म र भावना विपरीत भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारेमा समितिको ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘समितिले उक्त घटनामा के भएको भनेर नेपाल सरकारलाई सोध्नुपर्नेमा उल्टै स्पष्टीकरणका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई बोलाउनु, तर ती संस्थाहरू त्यो समितिलाई नटेरेर उपस्थित नै नहुनु संसदीय समितिको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।’





































