वि.सं.२०८३ असार ३१ बुधवार

श्रम संस्कृति पार्टीले भन्यो, ‘पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य’

khanepani

काठमाडौँ । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको बताएको छ ।

पार्टीको तर्फबाट प्रतिनिधि सभाको बुधबारकाे विशेष समय बोल्दै प्रमुख सचेतक आरेन राईले सङ्घीयता खर्चिलो भयो भन्दै यसलाई खारेज गर्ने वा प्रदेश सभाहरू हटाउने बहसप्रति असहमति प्रकट गरे ।

उनले विगतको केन्द्रीकृत शासन प्रणालीका कारण देश पछाडि परेको उल्लेख गर्दै विकासको सन्तुलन र प्रशासनिक सुलभताका लागि प्रदेश संरचना आवश्यक रहेको बताए ।

‘विगतमा काठमाडौँ आउन चार दिन लाग्ने स्थानमा आज सङ्घीयताकै कारण ९ घण्टामा पुग्न सकिने भएको छ,’ सांसद राईले भने, ‘यस व्यवस्थाले बहुभाषिक, बहुसांस्कृतिक र सीमान्तकृत समुदायको अधिकारलाई सुरक्षित गरेको छ।’

उनले खर्च बढी भयो भन्दैमा नागरिकको अधिकार सङ्कुचित गर्न नहुने र बरु व्यवस्थापकीय सुधार गर्नुपर्ने सुझाव दिए।

ranechhap