वि.सं.२०८३ असार २८ आइतवार

पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

khanepani

काठमाडौं । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ranechhap