वि.सं.२०८३ साउन २५ सोमवार

नेप्सेमा आजपनि गिरावट,३ अर्ब ६७ करोडको कारोबार

khanepani

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, माइक्रोफाइनान्स र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.४७ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर ६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायबल समृद्धि योजनाको ९.७० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

ranechhap