वि.सं.२०८३ भदौ १९ शुक्रवार

माछापोखरी चोकमा प्रहरीको गाडी,प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

khanepani

काठमाडौं । माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर १० मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ र काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३१ वर्षीय राजेश तामाङ रहेका छन् ।

यस्तै, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौं गोङ्गबु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्का रहेका छन् ।

सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आइल्याण्डमा समेत तोडफोड गरेको आरोप उनीहरूमाथि छ ।

जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap