वि.सं.२०८३ भदौ २५ बिहीवार

प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

khanepani

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा सांसदहरूले उठाएका जनसरोकारका विषयहरू र विशेष समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।

बैठकमा आज विभिन्न राजनीतिक दलका सांसदहरूले जलवायु परिवर्तनको असर, विपद् व्यवस्थापन, ग्यास अभाव, स्वास्थ्य सेवामा देखिएको लापरबाही र सरकारको कार्यशैली लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। विशेष समयमा बोल्ने क्रममा सांसदहरूले सरकारले सदनमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग समेत गरेका थिए।

सांसदहरूको विशेष समय सकिएपछि सभामुख अर्यालले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

ranechhap