वि.सं.२०८३ भदौ २५ बिहीवार

तीनै तहका सरकारबीच समन्वय गरी विपद् व्यवस्थापन गर्न सांसद मोहन आचार्यको सुझाव

khanepani

काठमाडौँ । रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विपत्तिमा परेका नागरिकहरू ठूलो कष्टमा रहेको र बाढीबाट क्षति नबेहोरेको कुनै घर नरहेको उल्लेख गरेका हुन्।

संसद्‌मा बोल्दै उनले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले साझेदारीमा काम गर्नुपर्नेमा जोड दिए। विगतको भूकम्पको समयमा जस्तै पुनर्निर्माणको काममा ढिलासुस्ती नगर्न उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद आचार्यले रसुवा जिल्लालाई पुनः जोड्नका लागि अवरुद्ध भएका सडक सञ्जालहरू छिटोभन्दा छिटो मर्मत तथा सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारसँग माग गरेका छन्। बाढीको त्रासका कारण सर्वसाधारणको मानसिक स्वास्थ्यमा समेत गम्भीर समस्या देखिएकाले यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उनले आग्रह गरे।

ranechhap