वि.सं.२०८३ भदौ १२ शुक्रवार

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

khanepani

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा, युरोपियन युरोको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९१ पैसा कायम भएको छ। यसैगरी स्विस फ्र्याङ्कको खरिददर १८९ रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलरको १०९ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ८९ पैसा र सिङ्गापुर डलरको ११९ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यस्तै एसियाली मुद्राहरूमा जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को ११ रुपैयाँ ०३ पैसा, थाई भाटको चार रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ८३ पैसा र हङकङ डलरको खरिददर १९ रुपैयाँ ४६ पैसा रहेको छ। मध्यपूर्वी देशका मुद्राहरूअन्तर्गत साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ६४ पैसा, कतारी रियालको ४१ रुपैयाँ ८५ पैसा, युएई दिरामको ४१ रुपैयाँ ५४ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ २१ पैसा, बहराइन दिनारको ४०४ रुपैयाँ ६९ पैसा र ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

यसका साथै स्वीडिस क्रोनरको खरिददर १६ रुपैयाँ, डेनिस क्रोनरको २३ रुपैयाँ ७६ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ। केन्द्रीय बैंकले यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाएको छ।

ranechhap