काठमाडौं जिल्ला अदालतले सिभिल सहकारी ठगी मुद्दामा एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङका साथै दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य (तामाङ), लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको हो।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार अदालतले उनीहरूको अन्तिम कसुर तथा सजाय निर्धारणका लागि आगामी २५ गते पेश गर्न आदेश दिएको छ।






































