काठमाडौं । सर्वोच्च अदालतले काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।
विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासके अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै काँग्रेस सभापति गगन थापालाई १५औं महाधिवेशनका कार्यक्रम अगाडी बढाउन बाटो खुलेको छ ।





































