वि.सं.२०८३ जेठ १२ मंगलवार

सुन र चाँदी दुवै धातुको मुल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको एक हजार ३ सय रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार भने सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार भने चाँदी तोलाको ५ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

ranechhap