काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले बढेर तोलाको ३ लाख एक हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको ३ लाख १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४६८५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४६०० मा कारोबार भएको थियो ।







































