वि.सं.२०८३ भदौ ५ शुक्रवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु,१११ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा ७ जना घाइते भएका छन् ।

ranechhap