काठमाडौं । सर्लाही–३ को प्रारम्भिक मतगणनामा नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ पछि परेका छन् । उनी दोस्रो स्थानमा रहेपनि पहिलो स्थानमा रहेका रास्वपा उम्मेदवारसँग उनको फराकिलो दुरी छ ।
रास्वपाका नरेन्द्र साह कलवारले ५ हजार ४ सय २४ मत ल्याउँदा श्रेष्ठले ७२० मत मात्र ल्याएका छन् । कांग्रेसका विनोदकुमार खनाललाई ५४० र एमालेका हरिप्रसाद उप्रेतीलाई ३३६ मत खसेको छ ।









































