वि.सं.२०८३ भदौ १५ सोमवार

चीनद्वारा नेपाललाई ३० करोड नगद हस्तान्तरण

khanepani

काठमाडौँ । चीन सरकारले नेपालका बाढीपीडितका लागि २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी, चिनियाँ रेडक्रसले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगसमेत उपलब्ध गराएको छ ।

चीनले ५० टन टेन्ट, कम्बल, सुत्ने झोला, स्वास्थ्य सामग्री र बिस्कुटलगायत राहत सामग्री नेपाल ल्याइसकेको छ। साथै, सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टर र दक्ष जनशक्ति परिचालन गरिएको छ ।

अर्थमन्त्री वाग्लेले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा थप सहयोगको अपेक्षा गरेको बताएका छन् ।

ranechhap