वि.सं.२०८३ वैशाख ८ मंगलवार

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा जसपा नेपालका यी हुन् उम्मेदवार, क्षेत्र नं ४ मा सर्वेन्द्रनाथको निरन्तरता

khanepani

रुपन्देही । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका ५ वटा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

रुपन्देही क्षेत्र नम्बर १ बाट मोहम्मद असलम खाँ, क्षेत्र नं द्द बाट दीपक गुरुङ, क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, क्षेत्र नं ४ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट मोहम्मद वहिद फकिर (रमजान अली) लाई उम्मेदवार बनाएको र आजै सबैको उम्मेदारी दर्ता हुन् जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

क्षेत्र नं ४ मा शुक्लाले यसअघि पनि लगातार जित्दै आएका छन् । यसपटक जसपा र लोसपाको एकता भएपछि उनलाई थप सहज हुने अनुमान गरिएपनि यसअघि उनीसँगै रहेर प्रदेश सभामा जितेका कन्यैना बानिया रास्वपा प्रवेश गरेर उनैसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

ranechhap