वि.सं.२०८३ वैशाख ८ मंगलवार

डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता

khanepani

डोटी । डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीले दिएकाे जानकारी अनुसार जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीकाे दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बाेहरा बेपत्ता भएका हुन् ।

बाेहरा दिपायल सिलगढी नगरपालिका-५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।

उनकाे खाेजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाकाे टाेलीले परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ranechhap