वि.सं.२०८३ वैशाख ३ बिहीवार

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशकविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

khanepani

काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

विशेष अदालतले वैदेशिक रोजगार विभागकमा पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवना र कैद सजाय सुनाएको थियो ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । उनीहरु माथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो । २०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।

ranechhap