वि.सं.२०८३ असोज ६ मंगलवार

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

khanepani

काठमाडौं । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन रक्षकमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–७ का ३९ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध कैलालीमा मुद्दा रहेकाले इलाका प्रहरी कार्यालय भजनी कैलाली पठाइएको छ ।

उनले २७ लाख ३० हजार बराबरको ठगी गरेको प्रहरीले बताएको छ । उनले मोहन केसी नामको नागरिकताबाट बैंक खाता खोली विभिन्न कम्पनीको सीमकार्ड निकालेर पीडितहरुहलाई जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

ranechhap