काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनिका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी मिड सोलु हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.७५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा ८.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेष्टमेन्टको ४४ करोड ४० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख बराबरको कारोबार भएको छ ।







































