रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले सभापतिसहितका नेताहरुलाई जथाभावी गाली गर्ने पार्टीका जिल्ला नेता रिखिराम भट्टराईलाई कारबाही गर्न जवाफ मागेको छ।
जिल्ला संगठन विभागको जिम्मेवारीमा रहेका रिखिराम भट्टराईलाई रास्वपा कपिलवस्तुले कनि कारबाही नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । जिल्ला सभापति शिवकुमार सुवेदीले आफूसहितका नेताहरुलाई रक्सीले मातेर फोनमा जथाभावी गालीगलौज गरेको भन्दै रिखिराममाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएका छन्।
भट्टराईले सभापति सुवेदीलाई मोबाइलमा हकारेको विषय अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक अडियोको शुरुमै सुवेदीलाई यसरी हकारिएको छ, ‘तपाईँ …… ….. नालायक ।’ रास्वपाले भट्टराईलाई सामाजिक सञ्जालमा फलोअर्स बढी भएकै आधारमा संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको सुवेदीको भनाइ छ । फोनवार्ताको शुरुमै सुवेदीलाई यसरी हकारिएको छ, ‘तपाईँ …… ….. नालायक ।’ सुवेदीले अन्तिम समयसम्म पनि सम्झाउन प्रयास गरेपनि भट्टराईले निरन्तर आफ्नो कुरा गरिरहेका छन् ।
तर यो विषयमा रिखिराम भट्टराईले आफूले जनताका आवाज सम्बोधन नगरेको भन्दै गाली गरेको स्वीकार गर्दै रक्सी खाएको भनेर गलत प्रचार गरेको बताए।
‘मेरो आवाज चर्को छ यो मेरो कमजोरी हुनसक्छ मैले रक्सी खाएर फोन गरेको होइन, जनताका आवाज समयमै सम्बोधन नगरेको भएर मैले नगर जिल्ला सभापतिलाई गाली गरेकै हो तर त्यो भन्दा फरक विषय मलाई अनावश्यक रुपमा नगरपालिकाको न्यायिक समितिमा उहाँहरुको डिजाइनमा उजुरी दिएर दुःख दिएकाले रिसाएको हुँ, मैले जनताको आवाज बोलेको हुँ, उहाँहरुले गल्ती स्वीकार गर्न नसकेर गलत आरोप लगाउनु भयो’ उनले भने ।









































