वि.सं.२०८३ भदौ १३ शनिवार

पाँच जिल्लाका स्थानीय तह तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषित

khanepani

काठमाडौँ । नेपाल सरकारले बाढीबाट अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम यो निर्णय गरेको हो।

नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले यी क्षेत्रहरूलाई सङ्कटग्रस्त तोकेको हो। यस निर्णयअन्तर्गत रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका तथा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका सहित किस्पाङ र तारकेश्वर गाउँपालिका परेका छन्। त्यसैगरी, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई सङ्कटग्रस्त घोषणा गरिएको छ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै ती प्रभावित स्थानहरूमा खोज, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ द्रुत गतिमा अघि बढाउन सरकारलाई कानुनी र प्रशासनिक सहजता प्राप्त हुनेछ।

ranechhap