वि.सं.२०८३ असार १५ सोमवार

एक हजार भन्दा धेरै जेनजी युवाहरूलाई पार्टीमा भित्र्याएको प्रचण्डको दाबी(भिडियो सहित)

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको उद्देश्य सही भएको बताएका छन्। जेनजीसँग पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै आज आफूले एक हजार भन्दा धेरै जेनजी युवाहरूलाई पार्टीमा भित्र्याएको दाबी गरे।

उनले विगतलाई सम्झिँदै भने, ‘म १६ वर्षमा पार्टीमा जोडिए, ३५ वर्षमा पार्टी नेतृत्वमा पुगेँ। २७ वर्षको उमेरमा युवक सङ्घको अध्यक्ष भए। युवाहरूलाई नै लिएर जनयुद्धको तयारी गरेको थिए।’

उनले आफूहरू सरकार र सडकमा हुँदा पनि भ्रष्टाचारविरुद्ध उभिएको जिकिर गरे। जेनजी र आफूहरूले उठाएको एजेन्डा एउटै भए पनि नेपालीहरूको विजयी हुने विश्वास व्यक्त गरे।

ranechhap