वि.सं.२०८३ भदौ ९ मंगलवार

जेनजी आन्दोलनले ओलीको ठाउँमा कार्की ल्याउनुबाहेक उपलब्धि दिएन : तामाङ

khanepani

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। मंगललबार रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले जेनजी आन्दोलनका सन्दर्भमा यो धारणा राखेका हुन्।

नेता तामाङले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकेर बनेको अन्तरिम सरकारले निर्वाचन गर्छ वा गर्दैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताएका छन्।

उनको भनाइमा, छोटो समयमा भएको जेनजी आन्दोलनको उपलब्धि खासै रहेन। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनुबाहेक अर्को उपलब्धि जेनजी आन्दोलनबाट लिन नसकिएको तर्क गरे।

नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको बताए। तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरूले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दलहरूलाई विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ।

जेनजीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिरहेको कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि तामाङले बताए। संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भङ्ग गर्नुपर्नेमा जेनजीहरूको आन्दोलन ‘हाइज्याक’ भएर हतारमा संसद् विघटन गरिएको उनको जिकिर छ।

ranechhap