वि.सं.२०८३ असार १३ शनिवार

ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ

khanepani

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नख्खु कारागार बुझाइएको प्रहरीले बताएको छ ।

ranechhap