वि.सं.२०८३ असार १५ सोमवार

उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्देशन छैन, तर हिसाब राफसाफ गर्नुपर्नेछ: महेश बर्तौला

khanepani

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताएका छन् ।

‘एमाले र कांग्रेसका सांसदहरु आफ्नो दलको कार्यालयमा जानै नपाउने भन्ने होइन होला । कसले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलायो थाहा भएन,’ उनले भने, ‘यद्यपि उपसभामुखका बारेमा संसदमा उठेको हिसाब राफसाफ गर्न चाँही बाँकी छ ।’

तर आज भर्खरै कुनै प्रस्ताव लैजाने तयारी नभएको प्रमुख सचेतक बर्तौलाले बताए । ‘उहाँका विरुद्धमा कुनै प्रस्ताव दर्ता गरिहाल्ने भन्ने छैन, हाम्रो पनि, कांग्रेसमा पनि’, उनले भने ।

नेपाली कांग्रेस र एमालेले आज बिहान आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । नेताहरुका अनुसार सभामुख रानामगरलाई हटाउने प्रयोजनकै निम्ति हस्ताक्षर संकलन गरिएको हो ।

एमाले प्रमुख सचेतक बर्तौला पनि उपसभामुखमाथि उठेको प्रश्न गम्भीर रहेको र त्यसको हिसाब गर्नैपर्ने बताउँछन् ।

ranechhap