वि.सं.२०८३ असार १५ सोमवार

सिल्का ग्रुपका अध्यक्ष शेर्पाको साम्राज्य ढल्दै, धन र शक्तीले समेत जोगाउन नसक्दा शेर्पा फरार सूचीमा

अबैधधन्दामा लागेको रमेशका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्दै आएका थिए । देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार रहेको छ ।

khanepani

काठमाडौं । देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव उत्तरतर्फ र दक्षिण सिमाबाट व्यवसायीक कारोबार गर्ने तस्कर ब्यापारीहरूको चलखेलले तीव्रता पाउने गरेको छ । अस्थिरताको मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ गर्दै देशको ढुकुटी रित्ताउदै आएको एउटा नयाँ कम्पनी हो सिल्क ग्रुप अन्र्तगतको ‘सिल्क ट्रान्सपोर्ट’ नामको कम्पनी ।

यो कम्पनीको नाम र लोगो देख्नासाथ तातोपानी भन्सार कार्यालयका सवै कर्मचारीहरु सवे काम छोडेर यही कम्पनीको भक्तीगानमा लाग्ने गरेका छन् । जसले गर्दा यो कम्पनीले तातोपानी भन्सार नाका बन्द हुदाँ समेत खुला रुपमा अबैधधन्दा गर्दा सरकारको कुनै चासो गएन । भन्सार कर्मचारीको मिलिमतोमै सो नाकाबाट अबैध सुनको आयात गरि रातारात अर्वपति बनेको छ सिल्क ग्रुपका अध्यक्ष रमेश शर्पा । चीनको ‘मुसा लजिस्टिक ट्रान्सपोर्ट’ नामक कम्पनीसंगको सम्झौतामा नेपालमा सिल्क ग्रुपले सरकारी सेटिङमै रासायनिक मल र लसुन आयातको नाममा सुन आयात गर्दै आएपनि कारबाही भएन । लामो समय तातोपानी भन्सार नाकाबाट सुनको आयात र चीनतर्फ डलर निर्यात गर्दै आएको सो ग्रुपले जव विना एलसी विद्युतिय चुरोट (भेप) को आयात गरेपछि उनीमाथी केन्द्रबाट निगरानी सुरु भयो ।

सुरुमा कमिशनमा सेटिङ मिलाउन एक समुह मरिहत्ते गरेर लागेपनि सो गु्रपका अध्यक्ष शेर्पाको सिधै केन्द्रीय शक्तीसंग उठबस रहेका कारण विभागीय कर्मचारीलाई लत्याएपछि अहिले उनी फरार सूचीमा रहेका छन । अबैध रकम खर्चेर नेपालको शक्ती केन्द्रको दुरुपयोग गरी अबैध सामानको आयात गर्दा समेत सरकारी निकायको चासो गएको थिएन । जसबारे पटकपटक सो अबैधधन्दाको समाचार प्रकाशन गर्दा समेत सरकारी निकायले चासो नदिएपछि त्यसको फाईदा शेर्पाले उठाउदै आए जसले गर्दा देशले ठूलो आर्थिक नोक्सनी भोग्नु परेको छ । सरकारले २०७६ चैत ११ देखि देशमा लकडाउन लगाएको थियो । तर सो लकडाउनमा तातोपानी भन्सार नाकाबाट अबैध रुपमा सो ग्रुपले ‘लसुन’ को नाममा ‘सुन’ नेपाल भित्राउदै आएको थियो । जति पटक सुन भित्राउथे उतिनै पटक शेर्पा शक्ती केन्द्रमा पुगेर सामान सुरक्षित रुपमा भारत पु¥याउने गरेका थिए ।

रातको समयमा अत्याबश्यक बस्तुको सूचीमा लसुन राखी सुन सहितका ट्रकहरू सशस्त्र र नेपाल प्रहरीकै आँखा अघिबाट काठमाडौं ल्याउदा समेत बाटोमा चेकजाँचकालागि तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिल्कको लोगो देखेपछि विना चेकजाच पठाउदै आएको थियो । अति आवश्यक सामान मात्र ल्याउन पाउने भएपनि भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का तत्कालिन वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी भन्सार कार्यालयमा पेश गरेको ज्ञापन पत्रका आधारमा अनुमति दिई सुन नेपाल भित्राएको समेत पाईएको थियो । तत्कालिन भन्सार प्रमुख लालबहादुर खत्रीसंगकै सेटिङमा सो अबैधधन्दा रमेश शेर्पाले खुलेआम चलाएपनि कारबाही गर्न सरकारले आँट गरेको थिएन । सिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पाले ट्रकका ट्रक सामान भित्राउदै आएपनि अहिलेपनि ती ट्रकको चेकजाँच नगरि तयारी कागजातका अनुसार भन्सार प्रज्ञापन पत्र दिई छुटाउदै आएको छ । चिनियाँ कम्पनी ‘मुसा’ भन्ने र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट अबैध सामानको अहिले पनि ओसारप्रसार हुदै आएको छ । तातोपानी नाकाबाट यसअघि अरु कन्टेनरहरूले पनि सामान ढुवानी गर्दै आएकोमा रमेश शेर्पाले सिल्क ट्रान्सपोर्ट मार्फत् सिन्डिकेट खडा गरी एकाधिकार कायम गरेपछि पटक पटक विवाद समेत भएको थियो । तातोपानी भन्सार कार्यालयमै सो ग्रुपले आफ्नो कार्यालय राखेर अबैधधन्दा चलाउदै आएको छ । नेकपा एमालेका नेता तथा बाह्रविसे नगरपालिकाका तत्कालिन मेयर निमफुञ्जो शेर्पाको भान्जा भएका कै कारण उनलाई एमाले संरक्षण दिएको आरोप समेत लागेको छ ।

बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिदै आएको छ । स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरू चेकजाँचसमेत नगरि छुटाउदै आएको छ । सिल्क ट्रान्सपोर्टका कन्टेनरमा अवैध सामान, सुन समेत ठूलो परिमाणमा काठमाडौंमा ल्याई सिधै भारत लैजाने गरिएको छ । केही समयअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका तत्कालिन मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जाको हैसियतमा अबैधधन्दा चलाउदै आएपनि पछिल्लो समयमा सो अबैधधन्दाको संरक्षण नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मोहनबहादुर बस्नेतले गरेको आरोप लागेको छ । सो अबैधन्दालाई ढाकछोप गर्न र केही पत्रकारलाई समेत हन्डी दिदै आएको आरोप लागेको छ । अबैधधन्दाको बारे आउने समाचार रोक्न सो ग्रुपले नेपाल पत्रकार महासंघको सदस्य भन्दै गैरपत्रकारलाई परिचालन गरेर समाचार लेख्ने पत्रकारमाथी अभद्र व्यवहार गरि धम्की दिने समेत काम हुदै आएको छ । भने सो ग्रुपको समर्थनमा समाचार लेख्नेलाई केही रकम या भौतिक सामाग्री दिने गरेको समेत सिन्धुपाल्चोककै एमालेका एक नेताले आफ्नो परिचय गोप्य राख्ने सर्तमा बताएका छन् । ती नेताले भने,‘दशैमा १ लाख रुपैयाँ रमेश शेर्पासंग लिएर सिन्धुपाल्चोक, काभ्रे र काठमाडौका पत्रकारलाई ३ हजारदेखि १० हजार रुपैयाँका दरमा शिल्क ग्रुपको नराम्रो समाचार नलेख्न र समर्थनको मात्र समाचार लेख्न भन्दै दिएको थियो, पछि फेरी तिहार पछि झोलामा ज्याकेट बोकाएर केही पत्रकारहरुलाई काठमाडौमा बस्दै आएका केही पत्रकारलाई वितरण गर्न लगाएर अबैधधन्दाको समाचार लेख्न रोक्ने कोशिष समेत गरेका थिए, तर त्यो सामान र पैसा वितरण गर्न जिम्मा लिएका व्यक्तीले खाई दिएको समेत उनले बताएका छन ।

अबैधधन्दामा लागेको रमेशका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्दै आएका थिए । देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार रहेको छ । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला बनाएका छन् । ती सम्पत्तीको स्रोत भने शेर्पाले दिन सकेका छैनन् । घरमा भूमिगत गोदाम समेत राखेर लागुऔषधको समेत कारोबार गर्ने गरेको आशंका उनी निकट व्यवसायीहरुले गरेका छन् । हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाई उन्मुक्ति पाएका थिए । शेर्पाले ति अबैध सामान ग्वानजाओबाटै सेटीङ मिलाएर ल्याउने गरेको बताइएको छ । सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतको सिलगुढीमा रमेशका भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै काठमाडौंको महाबौद्धमा उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए । शेर्पाले सो नाकाबाट अबैधरुपमा सामान आयात गरि सिधै भारत लैजादा समेत अर्बौं रुपैयाँको राजश्व, मुल्यअभिबृद्धि कर (भ्याट) आयकर समेत नक्कली वीलमार्फत गर्दै आएको बताइएको छ ।

कहिले रसुवाको केरुङ नाकाबाट त कहिले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अबैध रुपमा सामान नेपाल ल्याउने कार्य गर्दै आएको छ । खुलेआम अबैधधन्दा चलाउदै आएका शिल्क ग्रुपका अध्यक्ष शेर्पा सहित १२ जनाविरुद्ध भने जिल्ला अदालत ललितपुरमा हालै मुद्दा दायर गरिएको छ । तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्राइएको विद्युतीय चुरोट (भेप) को अर्बौं राजस्व छली गरेको अनुसन्धानबाट भेटिएपछि उनी विरुद्ध मुद्दा दायर गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । तातोपानी नाकामा भन्सार कर्मचारीकै सहयोगमा आयात–निर्यातको समेत एकछत्र राज गर्दै आएका शिल्क ग्रुप विरुद्ध विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र ५ वर्ष सम्मको कैद सजायको माग सहित मुद्दा दायर गरेको बताइएको छ । भन्सार छलेर ल्याएको अवस्थामा २०८१ पुस २२ गते ललितपुरको महालक्ष्मी–४ बाट ८६ हजार ४ सय थान भेप विभागले बरामद गरेको थियो । अनुसन्धानको क्रममा राजश्व समेत अवैध कारोबार गर्दे आएको तथ्य र प्रमाण भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका छन् । उनले भेप बरामदपछि राजश्व अनुसन्धानले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको समेत बताएका छन् । साँढे ५ महिनाको अनुसन्धान पछि शिल्कले भेपमात्रै नभई अन्य सामग्रीमा करोडौ राजश्व छलेको प्रमाण भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

रमेश र उनका भिनाजुसमेत रहेका कर्मचारी विजय शेर्पाको भेप चोरी पैठारीमा मूख्य भूमिका देखिएको अधिकारीले बताएका छन् । विजय तातोपानी नाकामा केन्द्रित भई भन्सार, राजनीतिक दलका नेता, पत्रकारलाई समेत प्रभावमा पार्दै आएका व्यापारी हुन । शिल्क ग्रुप र सो अन्तर्गतका ७ वटा कम्पनीमार्फत शेर्पाले अबैध कारोबार गर्दै आएको समेत भेटिएको छ । सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ ।

ranechhap