वि.सं.२०८३ भदौ २४ बुधवार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै, यी हुन् छलफलका एजेन्डा

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
बुधवार बसेको पदाधिकारी बैठकले स्थायी कमिटीमा छलफलका एजेन्डा तय गरेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।

यस्तै पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ ।

यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

यस्तै बैठकको अन्त्यमा समसामयिक विषयमा पारित पनि गर्ने एजेन्डा छ ।

ranechhap