वि.सं.२०८३ वैशाख ७ सोमवार

एमालेनिकट बुद्धिजीवी परिषद अध्यक्षमा थपलिया निर्वाचित, महासचिव श्रेष्ठ सर्वसम्मत

khanepani

काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दीपेन्द्र भण्डारीले १०४ मत ल्याए।

उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी विपिन कुमार चित्रकारले १०२ मत पाए। सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा. ईश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए।

महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्ण कुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।

थपलियाले निर्वाचनपछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन्।

ranechhap