वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान

काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे शनिबारबाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त आएको छैन, उनले भनिन्, जब उडान नै हुन नपाउने निर्णय सार्वजनिक भएपछि हामीले त्यही अनुसार गर्ने हो, उनले भनिन् ।

हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा क्रमशः कडाई गर्दै लगेका छन् ।

हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तब्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ । अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।