वि.सं.२०८३ भदौ ७ आइतवार

३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुसँग ३५ बर्षको हिसाबको कुरा नगर्न आफ्ना नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।

रास्वपाका केन्द्रीय सदस्यहरुको कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछाने अब ३५ बर्षको हिसाब नमाग्न आग्रह गर्दै अबको ३५ बर्षको योजना बनाउन आग्रह गरेका हुन् ।

उनले भने- ‘हामीले कयौं नेताहरुलाई दोष देखाउन सकिन्छ । आज कसलाई दोष देखाउने । अब ३५ बर्षको हिसाब माग्ने होइन साथी हो, ३५ बर्षको योजना ल्याउनुस । अबको ३५ बर्ष । अब बितेको ३५ बर्षका लागि उहाँहरुलाई कचकच गर्ने ठाउमा हामि छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ बर्षमा कस्तो गर्ने त्यो त हाम्रो हातमा छ नि ।’

आम नागरिकले के पाउदैछन्, हाम्रो शिक्षा निती के हो, देश कता लैजाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनु पर्ने उनले बताए । सभापति लामिछानेले अहिलेको अवसरलाई इतिहासले दिएको अवसरको रुपमा बुझेर काम गर्नुपर्ने दायित्व रास्वपामा आएको बताए ।

लामिछानेले यस पटक पनि जनताका आकांक्षा अनुसार काम गर्न सकिएन भने देश चरम निराशामा जाने बताए । उनले सरकारले गरेका केहि काम विवादित बनेपनि सरकारले अनियमितता गरेको छ भनेर अहिलेसम्म कुनै प्रश्न नउठेको बताए ।

ranechhap