08, Oct, 2024

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ आश्विन २०८१, बुधबार १३:२४ | ५ दिन अगाडी

एजेन्सी । बुधबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४२ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ३६ पैसा र बिक्रीमा १४९ रूपैयाँ ०२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ४० पैसा र बिक्रीमा ९२ रूपैयाँ ८१ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७८ रूपैयाँ २३ पैसा र बिक्रीदर १७९ रूपैयाँ ०३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४३ र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३२ रूपैयाँ १३ पैसा र बिक्रीमा ३२ रूपैयाँ २८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ०९ पैसा र बिक्रीमा ४४० रूपैयाँ ०६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ५५ पैसा तोकिएको छ।

१६ आश्विन २०८१, बुधबार १३:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading