काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठकमा पेस भएका ११ एजेण्डामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखिरहेको छन् ।
बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले सुशासन र सेवा प्रवाहमा खरो उत्रिनुपर्ने बताए ।
उनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन ढिलाइ भएको छ । कांग्रेस र एमाले मिल्नेपछि धेरै प्रश्न उठेका छन् । त्यसलाई हामीले सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह व्यवस्थित र संविधान संशोधनलगायतको विषयमा खरो उत्रिनसक्नु पर्छ ।’
उनले विगतमा कांग्रेस र एमालेले एक अर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नको जवाफ जनतालाई दिनुपर्ने बताए ।
कांग्रेसले अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० मन्त्री लिएर सहभागी छ ।