05, Dec, 2024

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, १२ घर डुबानमा

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ श्रावण २०८१, बुधबार ११:५१ | ४ महिना अगाडी

रूपन्देही । प्युठानको भुस्बाङ खोलामा बाढी आउँदा प्युठान नगरपालिका- १० को बुढादेवी बजारसहितको बस्ती डुबानमा परेको छ।

स्थानीयका अनुसार अहिलेसम्म १२ घर डुबानमा परेको त्यहाँस्थित पत्रकार सलिम मियाले जनाएका छन् ।

प्राप्त विवरणअनुसार पुरानो गाविस भवनसहित स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की,पार्वती सुनार, आत्माराम सुनार, डिल बहादुर सुनार, गीता नेपाली, गीता सुनार, कृष्ण बहादुर केसी, राधा केसी , बोम बहादुर भण्डारीको कृषि फारम लगायतका घर डुबानमा परेका छन् ।

बाढीले केही घरहरू भत्किएको र कुखुरासहितका पशु चौपाया बगाएको छ। बस्तीमा बाढी पस्दा स्थानीयहरू त्रसित छन्। बस्तीमाथि सडक निर्माण गर्दा त्यसको असर तटीय क्षेत्रका बस्तीमा देखा परेको हो ।

१६ श्रावण २०८१, बुधबार ११:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading