वि.सं.२०८३ वैशाख १९ शनिवार

सडक निर्माणको साढे ३७ लाख घुस खाँदा खतिवडा अख्तियारको फन्दामा

khanepani

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले वकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतले उपलब्ध गराएको बैंक खातामा पटक पटक गरी रकम दिएको भेटिएपछि आयोगले खतिवडाले विरुद्ध मुद्दा दायर गरेको हो । झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि सिनियर डिभिजन इन्जिनियर बस्नेतले उपलब्ध गराएको बैंकको खातामा खतिवडाले पटक–पटक गरी घुसररिसवत वापत ३७ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए ।

खतिवडाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९३० अनुसारको कसुर भएको आयोगले जनाएको छ । यसअघि बस्नेत सहित भएको घुस लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई खतिवडा सरकारी साक्षीका रुपमा पेश गरिएका थिए ।

खतिवडाले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको बयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा खतिवडाले बस्नेतलाई रकम दिएको भेटिएको आयोगले जनाएको छ ।

ranechhap