वि.सं.२०८३ साउन १९ मंगलवार

कोरोना महामारीको कारणले गर्दा यो वर्ष पनि उड्ने छैनन् गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय जहाज

khanepani

काठमाडौं । राष्ट्रिय गौरवको विमानस्थल आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेर विदेश पुग्ने नेपालीको चाहना यो वर्ष पनि अधुरै रहने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७७र७८ भित्रै भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लक्ष्य राखेको थियो ।

कोरोना भाइरसको महामारीका बीच लामो समय जनशक्ति र उपकरण अड्किँदा विमानस्थलको काम लक्ष्य अनुसार हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

अक्टोवरपछि कोरोनाको प्रभाव हट्ला र अवस्था सामान्य होला भनेर हामीले चालु आवका लक्ष्य र बजेट बनाएका थियौं,’ उनले भने, ‘तर, त्यसअनुसार परिस्थिति अनुकुल बनेन ।

उनका अनुसार अहिले रोकिएका सबै उपकरण आयोजना स्थलमा आइसकेका छन् । प्राविधिकसमेत नेपाल आएर काम थालेका छन् । यो काम सक्न अझै कम्तीमा तीन महिना लाग्ने भएको छ । ‘यो पनि बीना अवरोध काम भयो भने, उनले भने ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आइसक्नु पर्ने थियो ।

तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ ।

प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भई अहिले उपकरण जडानको काम जारी छ । तीन महिनामा उपकरण जडान पूरा भएपनि त्यसपछिको थप तीन महिना भने उडान प्रक्रियासँग सम्बन्धित तयारीमा लाग्ने गर्छ ।

यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य सरोकारवाला निकायका विज्ञहरु समेत बोलाएर काम गर्नुपर्छ । हवाई रुट निर्धारणसहितका काम गर्न विशेष उपकरणसहितको जहाज ल्याएर परीक्षण उडान गर्नुपर्छ । त्यसका लागि पनि परिस्थिति सहज हुनुपर्ने महानिर्देशक पोखरेल बताउँछन् ।

पूर्वाधार छिट्टै बन्न सक्छ, तर, पूर्वाधार बन्दैमा जहाज उडिहाल्छ भन्ने सोच्नु हुँदैन, उनी भन्छन्, ‘त्यसका आफ्नै प्रक्रिया छन्, जुन नियामक निकायको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ विमानस्थल संचालन अन्य मुलुक र वायुसेवा संचालकको समेत सरोकारको विषय हो । कोरोना भाइरसको महामारी कायमै रहेमा अन्य मुलुकले अनुमति नदिने र त्यस अवस्थामा पनि विमानस्थल तत्काल चल्ने सम्भावना नरहेको हो ।

प्राधिकरणका अनुसार यो विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न जनशक्तिको भने समस्या नरहेको महानिर्देशक पोखरेल बताउँछन् । ‘यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ, उनी भन्छन्, त्यसमा थप जनशक्तिसहित दरवन्दी तय भइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल संचालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरबन्दी तय भएको छ ।

काठमाडौं र भैरहवामा समान लम्बाइको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने आकस्मिक अवतरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ ।

ranechhap