वि.सं.२०८३ साउन १९ मंगलवार

गोकर्ण करिडोर विवादमा सांसद पाण्डेको स्पष्टीकरण: सेनासँग मिलेरै सडक विस्तार गरिएको हो

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित वाग्मती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केहि समय समन्वयमा अभाव देखिएको भन्दै केहिसमयपछि नै सेनासंग मिलेर करिडोर विस्तार गरिएको बताएका छन् ।

चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताए ।

सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरे ।

बाहिर आएका भिडियोहरु समन्वय गर्न केहि मिनेट ढिलाई भएको अवस्थाको रहेको उहाको भनाइ छ । त्यसपछि भने नेपाली सेनासंग मिलेर नै करिडोर खुलाइएको उनले जानकारी दिए । सेना रिसाएको जस्तो आफुलाई नलागेको र बजारको हल्ला पछि नलाग्न आग्रह गरे ।

नेपाली सेनाले सधैँ नागरिक सर्वोच्चताको सम्मान गर्ने र देशको सेवामा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाले आफूले नेपाली सेना, राष्ट्रियता र बर्दीको सधैँ सम्मान गर्ने बताएका छन् ।

ranechhap