वि.सं.२०८३ साउन १९ मंगलवार

मकवानपुरमा भएको युरेनियमको व्यवस्थापन र सो क्षेत्रमा क्षतिपूर्ति दिन सांसद प्रकाश गौतमको माग

khanepani

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद प्रकाश गौतमले संसदको बैठकमा आफ्नो क्षेत्र अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर २ धियाल र कालोपानी भएको युरेनियमको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

संसदमा बोल्दै गौतमले विगतमा धेरै सरकार र केही सरकार प्रमुखहरुले विदेशमा गएर नेपालमा गैंडा, डाँफे र युरेनियमको भण्डार रहेको बताए ।

तर, युरेनियम भण्डार भएको भनिएको सो क्षेत्र र त्यहाँ बसोबास गर्ने स्थानीय नागरिकको वास्तविक अवस्था बुझ्ने काम कहिल्यै नभएको उनको भनाई छ ।

उनले भने, ‘आज त्यस क्षेत्रमा युरेनियमको विकिरण र दूषित पानीका कारण धेरै स्थानीय बासिन्दा क्यान्सरजस्ता प्राणघातक रोगसँग जुध्न बाध्य भएका छन् । बाटोघाटो र स्वास्थ्यको सरल पहुँच नहुँदा नागरिकहरुले ज्यान गुमाउनु भएको छ ।’

सांसद गौतमले तत्काल त्यस क्षेत्रको वैज्ञानिक परीक्षण गर्न सरकारसँग काग गरका छन् । साथै, जोखिम पुष्टि भएमा प्रभावित बस्तीको उचित व्यवस्थापन, पुनःस्थापना र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

ranechhap