वि.सं.२०८३ वैशाख २० आइतवार

भारतबाट पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा विराटनगरबाट डिजेल तस्करी

khanepani

विराटनगर । विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड गरिएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बरौनीबाट ल्याएको पेट्रोल डिलरहरुमा अनलोड गरी तस्करीका लागि डिजेल लोड गरेको अवस्थामा को१ख ५९१२ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार आयल निगमका कर्मचारीले लक लगाउने क्रममा इन्धन भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम छन् ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार शुक्रबार दिउँसो २० हजार लिटर पेट्रोल लिएको आएको ट्याङ्करलाई सोही दिन बेलुका डिलरहरुमा पठाइएको थिए ।

शनिबार बिहान आयल निगम कार्यालयमा प्रवेश गरेको ट्याङ्कर लक गर्ने क्रममा डिजेल भेटिएको हो । ट्याङ्करको २ नम्बर च्याम्बरमा २ हजार ६६० लिटर भेटिएको हो ।

भारतमा इन्धन महङ्गो भएपछि निगमले बरौनीबाट लोड भएका र विराटनगरबाट इन्धन लिनका लागि बरौनी जाने ट्याङ्करमा लक लगाउँदै आएको थिए । शनिबार बिहान लक लगाउने क्रममा ट्याङ्करमा इन्धन भेटिएको उनले बताए ।

लक लगाउने क्रममा पेट्रोल बोक्ने ट्याङ्करमा डिजेल लोड गरेको भेट्यौं,’ उनले भने, ‘सोधीखोजी गर्दा चोरी गरी लैजान खोजेको देखिएपछि कारबाहीका लागि प्रहरी हुँदै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएका छौं ।

नेपालको तुलनामा भारतीय बजारमा पेट्रोल करिब २५ रुपैयाँ र डिजेल २० रुपैयाँ महङ्गो छ । महङ्गो भएका कारण ट्याङ्करबाटै इन्धन तस्करी हुने गरेको भेटिएको हो । ‘दुई महिनाअघि वीरगञ्जमा यस्तै घटना भेटिएपछि हामीले कडाइ गरेका थियौं,’ विष्टले भने, ‘यहाँ पनि त्यस्तै प्रकृतिको घटना देखियो ।

डिजेल बरामद भएको ट्याङ्कर ढुवानी व्यवसायी चरणप्रित सिंहको हो । शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगंगागको निुमवामा महेश अग्रवालले सञ्चालन गरेको नितेश आयलबाट डिजेल लोड गरेको थिए ।

तेल तस्करीमा पम्प सञ्चालक र ट्याङ्कर धनीको संलग्नता रहेको आयल निगम स्रोतले बताएको छ । ड्राइभरले मात्रै यति ठूलो तस्करी गर्ने आट गर्न सक्दैन्, आयल निगम स्रोतले भन्यो, भारतबाट वैधानिक बाटो हुँदै पेट्रोल ल्याउने र यहाँबाट डिजेल तस्करी गरेको देखियो ।

ट्याङ्कमा लागेको लक खोल्ने चाबी बरौनी र विराटनगरमा मात्रै रहेको निगमको दाबी छ । तेल तस्करी गर्ने गिरोहले बाटोमा नै लक खोलेर चोरी गर्दै आएको प्रहरीले स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको बताए । तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

ranechhap