वि.सं.२०८३ वैशाख २० आइतवार

ओली र नेपाल समूहको वार्ता २८ फागुनको निर्णयमा अड्कियो

khanepani

काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल( माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।
विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका थिए ।

वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले बताएका छन् ।

ranechhap