वि.सं.२०८३ वैशाख २० आइतवार

कांग्रेस जसपा वार्ता आज, धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक

khanepani

काठमाडौं । पछिल्लो राजनीति र सम्भावित सत्ता समीकरणबारे आज नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच वार्ता हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे दुवै दलका शीर्ष नेताबीच वार्ता हुन लागेको हो ।

जसपाले सत्ता सहकार्यका लागि सांसद रेशम चौधरीको रिहाई, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता संविधान संशोधन लगायतका एजेण्डालाई शर्त बनाएको छ । जसपाका नेताहरूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए ।

कांग्रेसले भने सम्भावित समीकरणबारे आफ्नो धारणा खुलाइसकेको छैन । जसपाका नेताहरुसँग वार्ता गर्नुअघि कांग्रेस छलफलमा जुट्दैछ ।

सभापति देउवाले कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक ३ बजे बूढानीलकण्ठमै बोलाएका छन् ।

ranechhap