वि.सं.२०८३ भदौ ८ सोमवार

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण

khanepani

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा कायम भएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। एसियाली तथा खाडी मुलुकका मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम छ।

अन्य मुद्राहरूमा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा तोकिएको छ। यस्तै स्वीडिस क्रोनरको बिक्रीदर १६ रुपैयाँ २१ पैसा, डेनिस क्रोनरको बिक्रीदर २३ रुपैयाँ ९७ पैसा, हङकङ डलरको बिक्रीदर १९ रुपैयाँ ५७ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ एवं बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो दर आवश्यकतानुसार जुनसुकै समय संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूको दर फरक पर्न सक्ने जनाएको छ।

ranechhap