वि.सं.२०८३ असार २० शनिवार

खानेपानी मन्त्रालयमै चित्त बुझायो जनमत पार्टीले, खानले २ बजे पदभार ग्रहण गर्ने

khanepani

काठमाडौं । जनमत पार्टीले खाने पानी मन्त्रालयमै चित्त बुझाएको छ । पार्टी महासचिव चन्दनकुमार सिंहले अहिलेका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको खानेपानी मन्त्रालयमै पदभार ग्रहण गर्ने सहमति बनेको जानकारी दिए ।

‘अहिलेलाई खानेपानी मन्त्रालयमै चित्त बुझाएका छौँ । बाँकी कुरा पछि गर्दै जाने भन्ने भएको छ,’ महासचिव सिंहले भने ।
सहमतिसँग बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्रीको रूरुपमा दिउँसो दुई बजे पदभार ग्रहण गर्ने भएका छन् ।

११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । तर पार्टीसँग उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिने सहमति भएको भन्दै उनी पदभार ग्रहण गर्न गएका थिएनन् ।

महासचिव सिंहले विमति कायम हुँदाहुँदै पनि प्रधानमन्त्रीको आग्रहलाई एक पटकलाई आफूहरूले स्वीकारेको जानकारी दिए ।

ranechhap