काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का शाखाहरु कोरोनाको इपिसेन्टर बन्न थालेका छन ।
शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना देखिएपछि शाखाहरु धमाधम बन्द हुन थालेका छन । यसरी कर्मचारीहरुमा धेरै कोरोना देखिने शाखामा महाराजगञ्ज शाखा र महाकालचौर शाखा एक नम्बरमै देखिएका छन ।
यसो हुनुमा कर्मचारीहरु कै गल्ती देखिएको छ । दशै अगाडि शाखामा भएका कामहरुको वील भुक्तानी भएपछि कमिशनको हिसाव गर्न होटलमा गएर रक्सी पार्टी गरेका शाखाका कर्मचारीहरु बढि कोरोनाको जोखिममा परेको केयूकेएल परिसरमा चर्चा हुने गरेको छ ।
महाराजगञ्ज शाखाका कर्मचारीहरुमा कोराना देखिनुमा शाखा प्रमुख रमेश कुमार केसी, मुकुन्द भण्डारी र लेखा प्रमुख लेखवहादुर बस्नेत यस शाखामा बढी जिम्मेदार देखिएका छन । यस शाखामा कर्मचारीहरुको जन्मदिन राम्रो रेष्टुरामा ठेकेदारले दिएका थिए । त्यहाँ ३/४ दिन पार्टी चलेको समाचार स्रोतले दावी गरेको छ ।
केयूकेएलमा कार्यरत केहि सुपरभाइजरहरुले शाखा प्रमुख विरुद्ध आन्दोलन गर्ने तयारी भित्र भित्र गर्दै गरेको बुझिन आएको छ । महाराजगञ्ज शाखा, महाँकालचौर शाखा लगाएत ठूला बजेट भएका शाखाहरुमा ठेकेदारले पाइपलाइनको काम गर्दा ‘होल चेन्ज’ गर्दा आफू खुसी चेन्ज गर्ने गरेको कारण सुपरभाइजरहरु आफुले ‘लागत स्टीमेट’ गर्न नपाएको र आफ्नो अधिकार खोसिएको भन्दै आन्दोलन गर्ने अवस्थामा पुगेको समाचार स्रोतले दावी गरेको छ ।
बागमती भ्वाइसले केयूकेएलका भ्रष्टाचारको विषयमा लेखिएका समाचारहरुको पुष्टि भएको छ । यी समाचारको विषयमा केयूकेएल वोर्ड, केयूकेएल व्यवस्थापन र स्वयंम कर्मचारीले कुनै खण्डन गर्ने सकेका छैन । उनीहरु तैचुप मैचुपको अवस्थामा रहेका छन ।
शाखाका समाचारको विषयमा शाखा प्रमुखहरुसँग सिइओ मिलनकुमार शाक्य कुरा गर्न खोज्दा शाखा प्रमुखहरुको समुहले सिइओ मिलन कुमार शाक्यलाई र्याख र्याखी पारेपछि शाक्य मौन बाध्य हुनु परेको शाक्यले आफु निकटहरुसँग गुनासो गर्दै हिड्न थालेका छन ।
केयूकेएल प्राविधिक महाशाखा प्रबन्धक ईन्जिनियर सतिशकुमार दत्त केयूकेएलका इमान्दार कर्मचारीहरुको श्रेणीमा विरलै कर्मचारीहरु मध्ये उनी एक हुन । उनी केयूकेएलमा निष्ठावान कर्मचारीको उच्च पदमा पुग्ने एक दुई जना भित्रमै छन । उनीलाई समेत झुक्कानमा पार्दै शाखा प्रमुखहरुले हजारौ फाइलहरु सदर गराउने गरेको तथ्यहहरु फेला परेका छन । यसरी काम गर्ने शाखाहरुमा महाराजगञ्ज शाखा, महाकालचौर शाखा, बानेश्वर शाखा लगाएतका ठूला शाखा गरेको समाचार स्रोतले दावी गरेको छ ।
महाँकालचौर शाखाका प्रमुख उमेश मरठ्ठा, प्रशासन तथा खरिद प्रमुख नवलसिंह साउद, खरिदका भूमि अधिकारी, लेखा प्रमुख राजु कोइरालाका अनियमितता र भ्रष्टाचारको नालेबेली यस अगाडि पनि सार्वजनिक भइसकेका छन । उनीहरुले नयाँ धारा जडान गर्दा ग्राहाकको क्षमता अनुसार पैसा असुल गर्दै आएका छन, भने ‘होल चेन्ज’ गर्दा पनि मोटो रकम असुल गर्दै आएका प्रमाणहरु प्राप्त भइरहेका छन । अर्को रमाइलो पक्ष के छ भने, यस शाखामा खरिदको समान पनि कार्यालयमा नपुगि स्टोर दाखिला हुन कागज मात्र पूग्ने गरेको छ । यस शाखाले पानी टैंकिहरु हरुको सफाइ गर्दा मोटो रकमको स्टीमेट गरेर ठेकादारलाई काम जिम्मा लगाउने गरेका तथ्यहरु पनि फेला परेका छन ।
केयूकेएलको अनियमितता र भ्रष्टाचारको समाचार लगातार प्रकाशित हुदाँ समेत सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको छ वा भागबण्डामा मौन रहेका हुन त्यो खोजिको विषय भएको छ ।
तालुकदार शाक्य बेलगाव भएपछि, मरठ्ठा केयूकेएलका सबै भन्दा बढी बद्नाम कर्मचारीहरुको चौघेरामा घेरा
सिईओ शाक्य अर्थको ‘अ’ नबुझ्नेलाई अर्थको मुखिया बनाउर्दै, दशै खर्चको जोहोमा शाक्यको रुची









































