काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा एकपछि अर्को कम्पनीलाई समाप्त पार्ने खेल शूरु भएको छ ।
मिलन कुमार शाक्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर आएपछि कम्पनीमा व्यापक सरुवा गरेर आर्थिक लाभ लिनेकाम भएको केयूकेएलमा चर्चा चल्ने गरेको छ । शाक्यले दशैको मुखमा शाखा प्रमुख, खरिद प्रमुख, स्टोर किपर, लेखा प्रमुख, प्राविधिक कर्मचारीहरु र सुपरभाइजरहरुसँग दशै खर्च व्यापकरुपमा असुल गरेको सूचना प्राप्त भएको छ ।
मिलन शाक्यले अर्थ महाशाखाबाट लक्ष्मण बस्नेतलाई हटाएका छन । उनले अर्थका काविल कर्मचारीका रुपमा नाम कमाएका बस्नेतलाई व्यक्तिगत रिसिविका कारण हटाएको बुझिन आएको छ । उनको ठाउमा अर्थको ‘अ’ समेत खु्ट्याउन नसक्ने हनुमान मुखियालाई जिम्मा लगाउने तयारी गरिरहेको समाचार स्रोतको दावी छ ।
शाक्यले कम्पनीको वार्षिक आय व्याय विवरण बनाउन प्राइभेड कम्पनीलाई नियुक्ती गरेर कम्पनीको कोषलाई दोहन गर्न लागेको आरोप कर्मचारी यूनियनका नेताहरुले लगाएका छन । शाक्यले कम्पनीलाई समाप्त बनाउने खेलमा लागेको भन्दै कर्मचारी युनियनका नेताहरुले दशैपछि सिईओ हटाउने अभियान संचालन गर्ने तयारी गर्न थालेको पनि बुझिन आएको छ ।









































