वि.सं.२०८३ वैशाख १७ बिहीवार

स्थानीय चुनावको मिति घोषणा गर्न सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ: शेखर कोइराला

khanepani

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने निर्णयमाथि प्रश्न उठाउँदै उनले सरकारले छलफल गर्नुपर्ने निकाय निर्वाचन आयोग भएको सम्झाए ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले सरकार सुल्टो बाटोमा हिड्नुपर्ने बताए ।

सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ ।

ranechhap